मौसमी ज्वरोको जोखिम, कसरी बच्ने ?

मौसमी ज्वरोको जोखिम, कसरी बच्ने ?

मौसमी तापमान क्रमस घट्दैछ । वायुमण्डलमा गर्मी हावा चल्न छाड्दैछ, वायु चिसिदैछ । पातलो टि-सर्टले मात्र शरीरको न्यानोपन जोगाउन गाह्रो हुँदैछ ।

शरीरले अरु बढी लुगाको माग गरिसकेको छ । त्यसैले बजारमा पनि न्यानो लुगा झुन्डाउन थालिएको छ ।

चाडपर्वको मौसम । गर्मी सकिएर जाडो सुरु हुने मौसम । अर्थात बद्लिदो मौसम ।

यस्तो अवस्थामा शारीरिक तापमान सन्तुलित नहुन सक्छ । खानपानदेखि यावत् कुराले शरीरमा असर गर्नसक्छ । त्यही कारण ज्वरो आउने लगायतका समस्या देखिन्छ, यसबेला ।

घट्छ रोगसँग लड्ने क्षमता

मौसम परिवर्तनसँगै शरीरको रोग प्रतिरोधात्मक क्षमतामा पनि असन्तुलन पैदा हुन्छ ।

यसले गर्दा एलर्जीलगायतका विभिन्न समस्या निम्तने गर्छ । यस्तो अवस्थामा नाक, श्वासप्रश्वास, स्किन र खाद्यपदार्थ सेवनलगायतका एलर्जी हुन सक्छ ।

मौसममा परिवर्तन हुँदा केटा-केटी, महिला र बृद्धबृद्धामा एलर्जीको सम्भावना पाँचदेखि आठ प्रतिशतले बढ्ने गर्छ ।

आमाबाबुलाई एलर्जीको समस्या भइरहन्छ भने सन्तानलाई एलर्जीको समस्या हुने सम्भावना ५० प्रतिशत हुन्छ ।

सामान्य लक्षण

– शरीरमा डाबर आउनु

– चिलाउनु

– बारम्बार रुघाँ, हाँच्छ्यु आइरहनु

– आंखा, नाक चिलाउनु

– ज्वरो आउनुका साथै शरीरकामांसपेशिहरु दुख्नु

– नाक बाट पानी बग्नु

– नाकको छाला रातो हुनु

खानबाट हुने एलर्जीका लक्षण

– खाना खाएको केहि मिनट पछि – अनुहार चिलाउने, डाबर आउनु,

– ओठ, अनुहार, जिब्रो,  घाँटी  या शरीरको अन्य भाग सुन्निनु,

– श्वासप्रश्वासमा बाधा उत्पन्न हुनु,

– पेट दुखने, दिसा पातलो हुनु,

– बान्ता हुनु, चक्कर लाग्नु,

– उच्च रक्तचाप हुनु, बेहोस भएर लड्नु आदी ।

जोखिम

– नाकको एलर्जीले हड्डकिो प्वाललाइ बन्द गर्न सक्छ । जुन समस्या पछि गएर साइनोसाइटिस अर्थात पिनासको कारण बन्न सक्छ । यसले नाकभित्र मासुको डल्लो बनाउन सक्छ । र, सुघ्न सक्ने नलीलाई बंद गर्न सक्छ । जसले गर्दा कानको मध्य भागमा पानी भरिन सक्छ ।

– यस्ता विरामीलाई दमको खोजिम पनि बढेर जाने गर्छ ।

सावधानी

– इन्फेक्शनबाट बच्ने  प्रयास गर्ने,

– चिसो, हावा, धूलो-धुवाँ र ओसिलो ठाउँबाट बच्ने,

– घरबाट बाहिर निस्किदा सकेसम्म धूलोको कणलार्य  नाकभित्र प्रवेशन गर्नबाट बचाउने,

– घर पालुवा जनावर कुकुर, बिरालो अदिको धेरै नजिक नजाने,

– धूम्रपान नगर्ने,

– कुनै खाध्यपदार्थको सेवनले एलर्जीको समस्या हुन्छ भने त्यस्ता पदार्थको प्रयोग नगर्ने,

– नाकको एलर्जिले बढि सताएमा नोजल स्प्रेको प्रयोग गर्ने,

– छालाको कुनै भगमा एलर्जी हुन्छ भने उक्त भागमा कुनै प्रकारको कास्मेटिक सामाग्रीको प्रयोग नगर्ने,

– किचनमा एक्जास्ट फ्यानको प्रयोग गर्ने ।

यसकारण पनि हुनसक्छ

– आर्काले प्रयोग गर्ने चीज जस्तोकी ओच्छ्यान, टावेल, लुगा, जुत्ता, चप्पललगायतको प्रयोग गर्दा पनि कसैकसैलाई एलर्जी हुन सक्छ  ।

– हिटर, स्टोवलगायत सामाग्रीको प्रयोगले पनि एलर्जी हुन सक्छ ।

– धैरैलाई फूलको बाँस्नाले पनि एलर्जी हुन्छ । त्यस्ता मानिसले फुल फुल्ने प्रकारका बिरुवालाई कोठामा नराख्ने ।

– घरको भित्तामा ढुसी या जालो लागेको छ भने त्यसलाइ ब्लिचको माध्मले सफा गर्नुपर्छ । नत्र एलर्जी हुन सक्छ । साभार अनलाइन खबर