कैलालीमा शसस्त्र प्रहरीको "सिमा सिल"

कैलालीमा शसस्त्र प्रहरीको "सिमा सिल"

धनगढी । सिमावर्ती भारत संग जोडिएका कैलालीका मुख्य दुइ नाका, धनगढीको गौरीफन्टा र टिकापुरको खक्रौला बाहेकका सबै अन्य खुला नाकाहरु सिल गरिएको छ ।

सशस्त्र प्रहरी बल, सिमा सुरक्षा कार्यालय, कैलालीको प्रत्यक्ष निगरानिमा सिमा क्षेत्रमा कडाई गरिएको छ ।

विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोडिभ १९ को संक्रमण फैलिन नदिन सीमा सुरक्षा र निगरानिलाई बलियो पारिएको सिमा सुरक्षा बल कैलालीका प्रमुख शसस्त्र प्रहरी उपरिक्षक कमल तिमील्सेनाले बताउनु भयो ।

कैलाली र भारतको बीचमा रहेका सबै सीमाना नाकाहरू शसस्त्र प्रहरीको निगरानि रहेको छ । प्रचलनमा रहेको नाका र लुकीछिपी आवातजावात गर्न मिल्ने सबै सीमाना नाकामा सुरक्षा सतर्कता बढाइएको शसस्त्र प्रहरी उपरिक्षक तिमिल्सेनाले बताउनु भयो।

उहाँले सिमाको संवेदनशिलता र जनताको सुरक्षालाई ध्यानमा राखी कोरोना विरुद्धको सर्तकता अगाडि बढाइरहेको पनि बताउनुभयो । उहाँका अनुसार शसस्त्र प्रहरीको पहुँच सबै सिमा नाकामा कडाईका साथ पुर्‍याइएको छ ।

कैलालीका सीमा नाकाहरूमा सुरक्षा सतर्कता बढाइएको जानकारी दिँदै सशस्त्र प्रहरी बल नेपालले २४ सै घन्टा सीमा क्षेत्रमा सुरक्षा गस्ती र निगरानी बढाएको छ ।