गड्डाचौकी नाका अनिश्चितकालका लागि पुर्णरुपमा बन्द : जिल्ला प्रशासन कार्यालय कंचनपुर

गड्डाचौकी नाका अनिश्चितकालका लागि पुर्णरुपमा बन्द : जिल्ला प्रशासन कार्यालय कंचनपुर

 कंचनपुर : कोरोना भाइरस (कोभिड-१९)को संक्रमणको सन्त्रास बढ्दै गएपछी जिल्ला प्रशासन कार्यालय कंचनपुरले भारतसंग जोडिएको कंचनपुरको  गड्डाचौकी नाका चैत ११ गते बाट अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाको अध्यक्षतामा आइतबार बैठक बसेको थियो । उक्त बैठकमा गड्डाचौकी नाका पूर्णरुपमा आवागमन बन्द गर्ने निर्णय गरिएको हो । 
बैठकमा कंचनपुर प्रशासनले आज राती १२ बजे पछि लागु हुने गरी भीमदत नगर पालिकाका दैनिक उपभोग्यका पसल , राहत उद्दार बाहेक यातायात,सम्पुर्ण बजार,पसल,ब्यवसाय, उद्योग र कलकारखाना अर्को सुचना नआउन्जेल सम्मका लागि पुर्णरुपमा बन्द गर्ने निर्णय समेत गरेको जिल्ला प्रशासन कार्यालय कंचनपुरका प्रमुख नुरहरी खतिवडाले बताए ।
विश्वमा फैलिएको कोरोना संक्रमण भारत पनि बढिरहेकोले  भारत बाट नेपाल आउने नागरिकहरु बाट नेपालमा समेत कोरोना भित्रिन सक्ने सम्भावना रहेको भन्दै उक्त नाका बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालयको दोस्रो सुचना नआउन्जेल सम्मको लागि नाका  पुर्ण रुपमा बन्द रहने छ ।