भारतको आनन्दबिहारमा जनता कर्फ्यू का कारण घर फर्किरहेका नेपालीहरु अलपत्र

भारतको आनन्दबिहारमा जनता कर्फ्यू का कारण घर फर्किरहेका नेपालीहरु  अलपत्र

कंचनपुर : भारतमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढेपछी भारतमा जनता कर्फ्यु लगाइएको छ ।  आईतबार विहानबाट  लागेको जनता कर्फ्युका कारण  भारतबाट घर फर्कदै गरेका नेपालीहरु बीच बाटोमै अलपत्र परेका छन। जनता कर्फ्युका कारण सम्पुर्ण  यात्रुवाहक सवारी साधन ठप्प भएपछि   घर फर्कन भनि  आधाबाटो पुगेका नेपालीहरु आनन्दबिहारमा अलपत्र परेका हुन ।

कोरोना भाइरसको संक्रमण हुने डरले भारतमा रहेका अधिकांश नेपालिहरु घर फर्किसकेका छ्न भने अझै घर फर्किने क्रम जारी नै छ । घर फर्किन भनी बिहान भारतका विभिन्न सहरहरु बाट दिल्लीको आनन्दबिहार पुगेका हजारौं  नेपाली हरु अलपत्र परेका छ्न ।

आनन्द बिहार बसपार्कमा मात्रै अहिले हजारौ नेपालीहरु अलपत्र अवस्थामा रहेको डडेलधुरा  पर्शुराम नगरपालिका १० का जयराज रावलले बताए । म्यासेञ्जरमा कुरा गर्दै उनले धनगढी खबर संग भने, ‘यहाँ सुदुर पश्चिमका अछाम, बझाङ,बैतडी, डडेलधुरा लगायत सबैजसो जिल्लाका हजारौ नेपालीहरु अलपत्र छौ ।

बस, ट्रेन केहीपनि चलिरहेका छैन् ।’ अलपत्र परेका अधिकांश नेपालीहरु बर्षौपछि परिवारसहित नेपाल फर्किरहेका छन् । जसमा स–साना बालबालिकादेखी लिएर वृद्धवृद्धा समेत छन।

कामकाज बन्द भएपछि सबैजना आ-आफ्नो घर फर्किरहेको पर्शुराम नगरपालिका १० कै नरबहादुर भाटले बताए । उनले भने "हामी यहाँ १५००-२००० सम्मको संख्यामा छौ । कर्फ्यु ९ बजे खुल्ने भनिएको छ,  यहाँ त अलपत्र परियो ! न खान, केही पाईन्छ, न पानी !"बसपार्क नजिकका होटल र पसलहरु समेत बन्द रहेको उनले बताए ।

भारतमा नोवेल कोरोनाभाईरस  संक्रमण भेटिएपछि मार्चको १५ तारिखबाट होटल तथा कलकारखानाहरु बन्द भएका छन् । भारतिय प्रधामन्त्री नरेन्द्र मोदीले केही दिनअघि देशवासीका नाममा गरेको सम्बोधनमा आईतबार बिहान ९ बजेदेखी राती ९ बजेसम्म ‘जनता कर्फ्यु लागि आह्वान गरेका थिए ।

सो ‘कफ्र्यू त्यसपछि कति लामो चल्ने हो  भनेर भारतमा अन्योलको स्थिती छ । भारतमा शनिबारसम्म तीनसय १५ भन्दा बढीमा कोरोनाको संक्रमण पुष्टी भएको छ भने पाँचजनाको मृत्यु भईसकेको छ।