कंचनपुर जिल्ला लकडाउन

कंचनपुर जिल्ला लकडाउन


कंचनपुर :  विश्वमै कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढ्न थालेपछी उच्च सतर्कता अपनाउदै  कंचनपुर जिल्ला लकडाउन गरिएको छ । भारत सङ्ग सिमा जोडीएको जिल्ला कंचनपुरमा कोरोना संक्रमण भित्रिने सम्भावना रहेको भन्दै सिमानाका बन्द गरि कंचनपुर जिल्लानै लकडाउन गरिएको हो । 

आइतबार जिल्ला प्रशासन कार्यालय कंचनपुरका प्रमुख नुरहरी खतिवडाको अध्यक्षतामा बसेको बैठकले गड्डाचौकि नाका पुर्णरुपमा बन्द गरि आइतवार राति १२ बजेबाट लागू हुने गरी कंचनपुर  जिल्लालाई नै लकडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला  अधिकारी खतिवडाले बताए । 

जिल्ला प्रशासन कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा सर्वसाधारण नागरिकलाई अत्यावश्यक कामकाज बाहेक घरबाहिर ननिस्कन आह्वान गरिएको छ । उक्त विज्ञप्तिमा निर्देशनको पालन नगरे कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

 भारतीय सीमासँग जोडिएको जिल्ला भएकाले उच्च सतर्कता अपनाएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए ।  

दैनिक उपभोग्य सामान विक्री हुने पसलबाहेक अन्य सबै पसल, उद्योगधन्दा तथा व्यवसायसमेत अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्न प्रशासनले निर्देशन दिएको छ । 
कंचनपुर जिल्ला लकडाउन भए सङ्गै आवजजावत शुन्य भएको छ ।