धनगढी रंगशालामा पनि "आईसोलेसन कक्ष" निर्माण कार्य सुरु (फाेटाे फिचर)

धनगढी रंगशालामा पनि "आईसोलेसन कक्ष" निर्माण कार्य सुरु (फाेटाे फिचर)

धनगढी । धनगढी स्थित रंगशालामा आइसोलेशन कक्ष निमार्ण शुरु गरिएको छ ।

विश्वमा माहामारिको रुपमा फैलिरहेको कोरोना भाईरस (कोडिभ १९) भित्रिन नदिन र भित्रिसके पछिको अवस्थामा उपचारको व्यवस्थापनका निम्ती आईसोलेसन कक्ष निमार्ण गरिन लागेको हो । साे क्षेत्रमा मात्रै २ सय ५० वेड सम्मकाे आईसोलेसन कक्ष  निमार्ण गरिन लागेकाे बताइएकाे छ ।

जोखिमको पुर्वतयारी तीव्ररुपमा थालिएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताउनु भयो ।  विश्व स्वाथ्य संगठनको मापदण्ड अनुसार धनगढी रंगशालामा नेपाली सेनाकाे सहकार्यमा निर्माण कार्य सुरु गरिएको हो ।

सामाजिक विकास मन्त्री  सुवेदीले आज निर्माण स्थलमा अनुगमन तथा आवश्यक निर्देशन तथा सुझाव समेत दिएको मन्त्रालय श्रोतले जनाएको छ ।