नेपाल पूर्ण रुपमा ‘लकडाउन’, घर बाहिर निस्किन नपाइने

नेपाल पूर्ण रुपमा ‘लकडाउन’, घर बाहिर निस्किन नपाइने

काठमाडौं ।   सरकारले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि घरबाट बाहिर निस्कन रोक लगाएको छ ।

कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि (मंगलबार) विहान ६ बजेबाट एक सातासम्मका लागि घरबाट बाहिर निस्कन रोक लगाएको हो ।

खाद्यान्न र अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेक अरु सवारी साधन पनि चलाउने नपाइने निर्णय गरेको छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछ।

अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु समेत  बन्द गरिने भएको छ ।

बैठकले सवारी साधानमा रोक लगाउने, आन्तरिक उडान समेत बन्द गर्ने निर्णय गरेको छ ।

अत्यावश्यक आवश्यक कर्मचारी उपस्थित हुनेगरी सम्बन्धी कार्यलय प्रमुखले बिदा दिने जनाएको छ । उद्योग कर्मचारीलाई समेत बिदा दिइने भएको छ ।

त्यसैगरी बजारमा अभाव देखाइ कालोबजारी गर्नेलाई कानून बमोमिम कारबाही गरिनेछ ।

उच्चस्तरीय बैठकले थप दुई वटा निर्णय गरेकाे समेत सरकारका प्रवक्ता खतिडाले क्वारेन्टाइनमा राखिनेलाई सबै सुरक्षा व्यवस्था मिलाइने जनाए । क्वारेन्टाइन मापदण्ड स्वीकार गरिएकाे उनले बताए ।

आइसोलेसन अस्पतालको रोकथाम तथा आवश्यकताअनुसार स्वास्थ्यकर्मीको परिचालन गर्ने समेत सरकारले निर्णय गरेको छ ।