लक डाउनमा यस्ताे नगराै , उल्लंघन गरे यस्तो कारबाही !

लक डाउनमा यस्ताे नगराै , उल्लंघन गरे यस्तो कारबाही !

लक डाउनमा के गर्नु हुँदैन ?

सरकारले मंगलबार बिहान ६ बजेदेखि एक साताका लागि पूरै देश ‘लकडाउन’ (बन्द) गर्ने निर्णय गरेको छ। लकडाउनको अवधिमा नागरिकले अत्यावश्यक कामका लागि बाहेक घरबाहिर निस्कन पाउने छैनन्।

यद्यपि औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा भने मानिसहरु घरबाट बाहिर निस्कने सक्नेछन्।

त्यस्तै सार्वजनिक र निजी सवारी साधनमा पूर्ण रोक लाग्नेछ। स्वास्थ्यकर्मी र सुरक्षा निकायका सवारी मात्र चल्नेछन्।

तोकिएका र सुरक्षा निकायका बाहेक आन्तरिक वा अन्तर्राष्ट्रिय कुनै पनि उडान हुने छैन।

उल्लंघन गरे के हुन्छ ?

कोरोना रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वय समितिले सरकारले तोकेको मापदण्ड उल्लंघन गरे कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई दिएको छ। सीडीओले स्थानीय प्रशासन ऐन २०२८ को समेत प्रयोग गरी कारबाही गर्न सक्नेछन्।

त्यस्तै संक्रामक रोग ऐन, २०२० अन्तर्गत पनि कारबाही हुन सक्नेछ। सो ऐनमा जारी आदेशको अपहेलना गर्नेलाई एक महिना कैद र एक सय रुपैयाँ जरिवाना वा दुवैको व्यवस्था छ।

त्यस्तै सरकारी अधिकारीको काममा बाधा पुर्‍याउने व्यक्तिलाई एक हजार रुपैयाँ जरिवाना र ६ महिना कैद वा दुवै हुन सक्नेछ।

लकडाउन भनेको के हाे ? 

लकडाउन भनेको आमनागरिकलाई घरभन्दा बाहिर ननिस्कन भनिएको हो । अतिआवश्यक कामबाहेक कसैले पनि घरबाहिर निस्कन पाउँदैन । लकडाउनमा भोजभतेर, यात्रा, भेला हुन प्रतिबन्ध लगाएको हुन्छ ।

बाहिर निस्कनै परे सरकारबाट अथवा तोकेको निकायबाट अनुमति लिएर बाहिर निस्कन पाउँछन् । योभन्दा बाहेक कसैले पनि घरबाहिर निस्कन पाउँदैनन् ।

लकडाउन भएमा सबै मानिसहरू घरमा नै बस्नुपर्ने छ । यो भनेको एक ठाउँमा फैलिएको रोग अर्को ठाउँमा नफैलियोस् भन्ने हो ।

लकडाउन भनेको भीडभाड जम्मा नहुनु हो । लकडाउन गर्दा कोही पनि जम्मा हुन पाउँदैनन् ।