धनगढी उपमहानगरपालिकाका वडा सदस्यहरु आन्दोेलित

धनगढी उपमहानगरपालिकाका वडा सदस्यहरु आन्दोेलित

धनगढी ३० बैशाख । धनगढी उपमहानगरपालिकाका वडा सदस्यहरुले गाउपालिका वडाअध्यक्ष सरह सेवा सुविधाको माग गरेका छन । 
उपमहानगरपालिकामा रहेका १९ वटै वडा सदस्यको शनिवार बसेको बैठकले गाउपालिकाका वडाअध्यक्षले पाउने तलव, भ्रमण खर्च, सञ्चार खर्च, लगायतका सेवा सुविधा पाउनुपर्ने माग गरेको हो । 
मन्त्रीपरिषद बैठकले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा तोक्दा वडा सदस्यको नतोक्नु अपमानजन्य व्यवहार गरेको भन्दै उनीहरुले उक्त विभेदकारी र अपमानजनक निर्णय नसच्याईए वडा कार्यालयको बैठक, नगरसभा र बैठकमा सहभागि नहुने चेतावनी दिएका छन ।