कंचनपुरमा जबरजस्ती करणीको आरोपमा तिन जना पक्राउ

कंचनपुरमा जबरजस्ती करणीको आरोपमा तिन जना पक्राउ


कंचनपुर: मंगलवार कंचनपुरबाट जबरजस्ती करणीको आरोपमा तिन जनालाई पक्राउ गरिएको छ ।  बेदकोट नगरपालिका–४ बाट जबरजस्ती करणीको आरोपमा तीन जनालाई पक्राउ गरिएको हो।

 २८ वर्षीया एक विवाहित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रविन्द्र पौडेलले बताएका छ्न।
उनका अनुसार महिलाको उजुरीको आधारमा तीन जनालाई नियन्त्रणमा लिएको हो ।
उनिहरुको पहिचान गोप्य राखी  नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको समेत डिसपी पौडेलले जानकारी दिए ।