लिटिल बुद्ध एकेडमी द्वारा भिमदत्त नगरपालिकाको बिपद व्यवस्थापन कोषलाइ रु.एक लाख दिने घोषणा

लिटिल बुद्ध एकेडमी द्वारा भिमदत्त नगरपालिकाको बिपद व्यवस्थापन कोषलाइ रु.एक लाख दिने घोषणा

कंचनपुर : कंचनपुर जिल्लाको  भिमदत्त नगरपालीका  ४ भासिमा रहेको एक प्रतिष्ठित क्षैशिक संस्था लिटिल बुद्ध एकेडेमीले भिमदत्त नगरपालिकाको नगर विपद व्यवस्थापन कोषलाइ सहयोगार्थ रु. एक लाख  दिने घोषणा गरेको छ । भिमदत्त नगरपालिकाको नगर सचिवालयले सामाजिक संजालमा विभिन्न संघसंस्थाहरुलाइ आर्थिक सहयोगको आह्वान  गरिएको थियो । यसै अनुरुप लिटिल बुद्ध एकेडमीले रु.१ लाख आर्थिक सहयोगका साथै  हाल विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणकै नियन्त्रणका लागि आवस्यक क्वारेन्टाइनका रुपमा प्रयोग गर्न  विद्यालयको १२० कोठाहरु रहेको भवन पनि उपलब्ध गर्ने घोषणा गरेको विद्यालयका प्रिन्सीपल श्याम सिंह मौनीले बताए । यस अघि पनि लिटिल बुद्ध एकेडमीले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको समेत उनले बताएका छ्न।

कोरोना संक्रमणको नियन्त्रणका लागि विभिन्न संघसंस्थाहरु बाट 
पनि सहयोग आइरहेको नगरपालिका प्रमुख सुरेन्द्र बिष्टले बताएका छ्न ।भिमदत्त नगरपालिकाका विभिन्न वडाहरु  र नगरको नगर सभाबाट  बिपद व्यवस्थापन कोषका लागि गरिएको विनियोजित रकम करिब ६२ लाख रहेको नगर प्रमुख बिष्टले जानकरी दिएका छ्न। साथै थप आवस्यकता परेमा उक्त कोषमा रकम थप्न सकिने समेत उनले बताए ।