सुत्केरीले कस्तो खानपान गर्ने ? जान्नैपर्ने कुरा

सुत्केरीले कस्तो खानपान गर्ने ? जान्नैपर्ने कुरा

बच्चा जन्माइसकेपछि महिलाहरुलाई सही र सन्तुलित खानाको आवश्यक पर्छ ।

प्रसवको क्रममा अन्डा, दुध, फलफुल प्रोटिन भएको खानेकुरा खान सल्लाह दिइन्छ भने डेलिभरी पछि ठोस खानेकुरालााई प्राथमिकता दिइन्छ । प्रसव पछि महिलाको दिनचर्यामा धेरै बद्लिन्छ ।

सम्पूर्ण दिन बच्चाको स्याहर सुसारमै बित्छ । त्यसैले उर्जाको आवश्यकता पर्छ । यस्तोमा महिलाहरुलाई भिटामिन, क्यालोरी एंव प्रोटीन युक्त भोजन खाना दिनुपर्छ ।

सही खानपान र नियमित व्यायामले महिलाको शक्ति मिल्छ ।


– प्रसव पछि शरिरमा पानीको मात्राको कमी नहोस् भनेर प्रशस्त मात्रामा पानी, नरिवलको पानी, गाजरको जुुस, खरबुजाको जुस पिउनुपर्छ ।

-रातीको खाना हल्का खानुपर्छ, रातको खानामा सुप, हरियो सागसब्जी, दहीको सेवन लाभदायक हुन्छ । साथै गहुँ, अन्न, दालको सेवनले बच्चालाई पनि पोषण मिल्छ ।

-रातको खाना पछि तर विनाको दुध पिउँदा राम्रो हुन्छ ।

-खानाको स्वाद बदल्नको लागि पान पनि खान सकिन्छ, पानबाट खनिज प्राप्त हुन्छ र निद्रा पनि राम्रोसँग लाग्छ ।
-पनीरयुक्त खाद्य पदार्थको सेवन गर्नुपर्छ ।

-उसिनेको अन्डा, माछा खानामा सामिल गर्ने ।

-यस्तो अवस्थामा शरिरलाई अधिक पोषणको आवश्यकता पर्छ । डेरी प्रोडक्टको प्रयोग राम्रो मानिन्छ । तागतको लागि ड्राई फ्रुट्सको  मिल्क सेक बनाएर खान सकिन्छ ।

-बिहानको ब्रेकफास्टमा एन्टिअक्सीडेन्ट पाइने खानेकुरा खाने ।

-ब्रेकफास्ट र लञ्चको विचमा चिया पिउन सकिन्छ, ग्रीन टी पिउँदा एकदमै राम्रो हुन्छ । हल्का व्यायाम र स्ट्रेचिङ पनि गर्न सकिन्छ ।

-घिउको सेवन पनि एकदमै लाभदायक हुन्छ । धेरैमात्रामा खानु भने हुँदैन्। डेलिभरी पछि शरिर कमजोर भएको हुन्छ त्यसबाट बच्नको लागि घिउको सेवन एकदमै राम्रो हुन्छ ।

थोरै मात्रामा सेवन गरेमा इनर्जी मिल्छ भने धेरै खाएमा फ्याट बढ्छ र कोलस्टोरको समस्या हुन सक्छ ।

यी कुराको पनि राखौँ ध्यान

-उचित खानपान र व्यायामको साथै पर्याप्त निद्राको पनि आवश्यक पर्छ । बच्चाको हेरचाह गर्नुपर्ने भएकाले निद्रा राम्रोसँग पुग्दैन । जसले गर्दा भोक नियन्त्रण गर्ने हर्मोनमा असर पर्छ । र ओभरइटिङ गर्ने बानी हुन्छ जसले गर्दा तौल बढ्छ ।

-दिनभरीमा दश गिलासभन्दा बढि पानी पिउनुपर्छ । यसबाट शरिरमा भएको बिषालु पदार्थ र फ्याट बाहिर निस्कन मद्दत गर्छ ।

-सन्तुलित आहारसँगै नियमित रुपमा व्यायाम पनि गर्नुपर्छ । व्यायामबाट अनिद्रा र तनावमुक्त हुन सहयोग गर्छ । फिट एन्ड फाइन रहन एरोबिक्स र योगा गर्नुपर्छ ।

-खाना कम गर्नुभन्दा दिनमा धेरैपटक थोरै थोरै गर्दै खाने । थोरै थोरै धेरैपटक खाँदा शरिरमा पोषकतत्वको कमि हुन पनि पाउँदैन ।

-भोजनमा फाइबर युक्त खानेकुराको सामिल गर्नुपर्छ । यसको सेवनले डेलिभरी पछि बढ्ने तौल नियन्त्रण हुन्छ ।साभार : अनलाइनखबर