कर्तव्य - कविता

कर्तव्य - कविता

भन्थे मानिसले जिते सब भनि यो बात झुटो भयो
सारा मानवमात्रास गरने यो कोरना देखियो
हाहाकार मचाइ यो जगतमाआई रहेको छ रे 
मान्छेलाई बिपत्तिको भवंरमालाईरहेको छ रे

यस्तो अनजबिपत्तिको समयमा डराउनु हुन्न है
कोरना फेल गराउनाकनपनि घरभित्र नै बस्नु है
कोहि आज बिदेश बाट पनिता आइपुगे तापनि
क्वारेण्टाइनमा गएर बसनु हुन्छु सुरक्षित भनि

केहि कष्ट भए अस्पताल गइकनै जचाउनै पर्छ हो
आफु बच्नु अरु कुनै पनि बचाउनै धर्म हो
हिड्नु मास्क लगाई सुरक्षित रही जानै जरुरी भए
छिटो काम सकेर फर्कि घरमा हात पाउधोइ बसे

पूजाध्यान गरौं सदाशयीबनौ   भ्रातृत्व कायम गरौं
बन्धु बान्धवमा बिचारहरुको आदानप्रदान गरौ
माता हुन जगदम्विका भगवती रक्षा उनैले गरुन
तेत्तिसकोटी देवताहरु मिलिदैबि बिपत्तिहरुन

मन मनमा यहिं भावना लिइकनै सत्मार्ग  रोजौं सव
संसारलाई बचाउन कुनै पनि प्रयास थालौं अव
के गर्नु धनले र स्वार्थी मनले रित्तो बगैंचाभए
के खानु यदि यो पूरै जमीनमा उजाड  ति खेत् रहे

बुझ्नु आज जरुरी यो छ सबले  कर्तव्य आफ्नो पनि
मानवधर्म निभाउनै उचितहो हो धर्म हाम्रो भनि
जित्ला मानवता अवस्य पनि बिश्वास राखौं सबै
सबले मानवतापलिन गरे यो रोग हार्ला तबै

गाह्रो हुन्छ बिपत्तिको समयमा  यो ख्याल सबले गरौं
राम्रो सोच बिचारका सब कुरा  गर्ने सबैले गरौं
कांधमा कांधमिलाऔं आज सबले  सद्भावकायम गरौ
यो रोगलाई भगाउनाकन पनि आउ अगाडी बढौ ।।

-इन्द्रमणी अवस्थी
सहायकप्राध्यापक
सुदूरपश्चिमाञ्चल क्याम्पस धनगढी