चीनबाट ल्याइएका स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण

चीनबाट ल्याइएका स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण

चीनले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामग्री, मास्क लगायतका सामानहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । 

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगी सामानहरु स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नुभएको हो ।

चिनियाँ दूतावास एवं सिन्चुवान प्रान्तले पुन प्रयोग गर्न नसकिने मास्क २४ हजार थान, एन नाइन्टी फाइब मास्क २ हजार थान, चश्मा ५ सय थान, थर्मोमिटर १ सय थान, व्यक्तिगत सुरक्षा सामाग्री ५ सय ३० थान, भेन्टीलेटर एक थान र क्वरेन्टीन टेबल ४ सय बक्सा उपलब्ध गराएको छ । 

त्यसैगरी अलिबाबा फाउन्डेसन र ज्याक मा फाउन्डेसनले  एन नाइन्टी फाइभ मास्क १ लाख २ सय थान र पीसीआर टेस्ट किट्स २ हजार ६४ थान उपलब्ध गराएको छ । 

चाइना सी ए एम सी इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले व्यक्तिगत सुरक्षा सामाग्री २ सय थान, पुन प्रयोग गर्न नमिल्ने मास्क २० हजार थान, चश्मा २ सय थान र पञ्जा २ हजार थान, उपलब्ध गराएको छ ।