उच्च रक्तचापमा शल्यक्रियाः कति जटिल, कति जोखिम ?

उच्च रक्तचापमा शल्यक्रियाः कति जटिल, कति जोखिम ?

अहिले धेरैजसोले उच्च रक्तचापको औषधी सेवन गरिरहेका छन् । यो समस्या हरेकजसोको घर-घरमा छ ।उच्च रक्तचाप आफैमा यस्तो समस्या हो, जसले अरु समस्याहरु जन्माइदिन्छ ।

खासगरी मुटु, मिर्गौंला आदिको समस्यामा उच्च रक्तचाप जिम्मेवार मानिन्छ । जब उच्च रक्तचाप हुन्छ, कतिपय उपचार पद्धतीमा पनि जटिलता आउन सक्छ । यहाँ उप्काउन लागेको प्रसंग चाहि उच्च रक्तचाप भएकालाई शल्यक्रिया गर्नुपरेमा के गर्ने भन्ने हो ?

हामीलाई एउटा मात्र रोग वा समस्याले गाँजेको हुँदैन । रोग अनेक हुन्छ । कतिपय रोगको निदान शल्यक्रियाबाट खोज्नुपर्ने हुन्छ । यस्तो अवस्थामा सामान्य व्यक्तिलाई त केही भएन । तर, उच्च रक्तचाप भएकालाई के गर्ने रु

शल्यक्रिया गर्नुपरेमा ?

कुनै कारणवस बेहोस पारेर शल्यक्रिया गर्नुपर्ने अवस्थामा के(कस्ता जटिलता आउँछन् रु त्यस्ता जटिलतालाई कसरी न्युनिकरण गर्ने रु

लामो समयसम्म उच्च रक्तचाप भएको र औषधी खाइरहेको व्यक्ति वा हाम्रो जस्तो स्वास्थ्यको पहुँच दुर्गम गाउँहरुमा अपुग भएका, पहिला उच्च रक्तचाप भएपनि थाहा नभएको वा कहिल्यै नजँचाएको अर्थात जँचाएर थाहा भए पनि विभिन्न कारणले औषधी सेवन नगरेका विरामीहरुको शल्यक्रिया गर्नुपरेमा के गर्ने ?

उच्च रक्तचाप भएको विरामीको व्लड प्रेशर औषधीको माध्यामबाट सामान्य स्तरमा राखिएको छ भने शरीरको अंगहरुमा त्यति धेरै नराम्रो असर गरेको पाइँदैन । यद्यपी कहिलेकाही औषधी खाने, छोड्ने गरेको वा औषधी ख्याल नै नगर्ने विरामीको शरीरका विशेष अंगहरु जस्तै मिर्गौला, मुटु, आँखा, मस्तिष्क लगायत शरीरका नशामा नराम्रो असर गर्दछ ।

कसरी गरिन्छ शल्यक्रिया ?

बेहोश पारेर गरिने मेजर शल्यक्रियाहरुमा थुप्रै थरीका औषधीहरुको प्रयोग गरिन्छ ।

प्रयोग हुने औषधीमा ग्यास सुघाउने, इन्जेक्सन दिने गरिन्छ । यस्ता औषधीले हाम्रो शरीरमा विभिन्न किसिमका असरहरु पर्छ । त्यसमध्ये मस्त सुताएर, नदुखाएर शल्यक्रिया सकिएपछि उठाउने वा बुझाउने त हामीलाई चाहिएका काम भए ।

तर बेहोश पार्ने भन्ने वित्तिकै विरामीहरु डराउने, उच्च रक्तचाप बढाउने र पहिल्यै देखि उच्च रक्तचाप नियन्त्रण नभएका विरामीहरुको त झन् रक्तचाप अनियन्त्रित हुँदै जान्छ ।

बेहोश पारेको बेला स्ट्रेस तनाव, सर्जिकल स्ट्रेस शरीरमा पर्छ र यसरी शल्यक्रिया गर्दागर्दै वा शल्यक्रिया सकिएपछिको अवस्थामा मस्तिष्कमा स(साना जाली नसाहरु फुट्ने हुन्छ । र, पक्षघात हुनसक्छ । मुटुमा अत्याधिक कामको चाप भएर अपरेशनका बेला वा सकिएपछि हृदयाघात हुनसक्छ ।

मिर्गौला पहिले नै विग्रिएको रहेछ भने बेहोश पार्न प्रयोग गरिएका औषधीको मात्रा पिसाबमा बगेर जान नपाए विरामी उठाउन लामो समय लाग्न सक्छ । यसबाहेक पनि अन्य थुप्रै समस्या निम्तन सक्छ ।

त्यसो भए के गर्ने त ?

उच्च रक्तचाप भएका विरामीलाई बेहोस पारेर शल्यक्रिय गर्न नहुने होइन । अपरेशन गर्नु पहिला रक्तचाप नियन्त्रण भएको हुनुपर्छ । थुप्रै अनुसन्धानको आधामा १६०र११० एमएमएचजी  भन्दा तलको उच्च रक्तचाप हुदाँको अवस्थामा नकारात्मक असर कम गर्न पनि सकिन्छ भन्ने छ ।

आकस्मिक अवस्थामा उच्च रक्तचाप घटाउने औषधी तत्काल प्रयोग गरेर पनि विरामीको ज्यान बचाउन सकिन्छ । तर प्लान गरेर गरिने अपरेशनहरुमा जतिसक्दो व्लड प्रेशर अप्टिमाइज गराएर गर्दा शरीरमा पर्ने नकारात्मक असर न्युन पार्न सकिन्छ ।

त्यसैले, मिर्गौलाको काममा असर छ , छैन भनेर रगत जचाँउने, मुटुको लागि इसिजि तथा इको लगायतका जाँचहरु गराउने, आवश्यकता अनुसार अन्य जाँचका लागि मुटुका डाक्टरको सल्लाह लिन आवश्यक छ । साथै अपरेशन गराउँदा बेहोश पार्ने तथा नदुखाउने डाक्टर एनेस्थेसियोलोजिस्ट सित सल्लाह दिन जरुरी छ ।

यस्ता डाक्टरको परामर्श पश्चात्त अपरेशन गर्दा सजरी गर्ने चिकित्सकका साथै विरामीलाई पनि सहज भई अपरेशन सफल हुनुका साथै विरामीको रिकभरी पनि छिटै हुने गर्छ । साभार अनलाइन खबर