सामाजिक कार्य गर्न देउसी भैलो खेल्ने तयारी

सामाजिक कार्य गर्न देउसी भैलो खेल्ने तयारी

अछाम : विभिन्न सामाजिक काम गर्दै आएको अछाम जिल्लामा स्थापित खान्डाडा समाज सुधार युवा क्लबले बिगत का बर्ष झै यस बर्ष पनि तिहारको अवसर पारेर देउसी भैलो खेल्ने तयारी गरेको छ।

अछाम जिल्लाको चौरपाटी गाउपालिका वडा नम्बर १ खान्डाडा टोलमा यो क्लबले विभिन्न सामाजिक काम गर्दै आएको छ। आफ्नो गाउँ आफै बनाउ भन्ने सोच लिएर हिडेका युवाहरुले विभिन्न बाधा अवरोध को सामाना गर्दै सामाजिक कार्य गर्दै आएका छन।

२०७२ सालमा स्थापना भएको यो क्लबले समाजमा रहेका विभिन्न टुहुरा,अपांग,असाहाय,ब्यक्तीलाई सहयोग गर्नुका साथै समाजमा व्याप्त रहेको छाउपडी कुप्रथालाई पनि हटाउने प्रयास गरेको कल्बले जानकारी दिएको छ ।

यो बर्ष पनि देउसी भैलो बाट संकलन भएको पैसाले सामाजिक काम मा खर्च गर्ने अध्यक्ष कर्ण साउदले बताउनुभयो  ।

समाज परिवर्तन युवाले मात्र गर्न सक्ने भएकाले युवाले एक जुट भएर लाग्नुपर्ने पर्ने सचिब नर बहादुर साउदको भनाई रहेको छ ।

अबको समाजलाई युवाले मात्र परिवर्तन गर्न सक्ने भएकोले युवाहरुलाई साथ दिनुपर्ने सहसचिव पुर्ण साउदको भनाइे छ। साथै देउसी भैलोको तयारी तिब्ररुपमा अगाडि बढी रहेको कल्ब जानकारी दिएको छ ।