कंचनपुरको दोधराचादनी झोलुङ्गे पुलको गेटमा लगाइयो ताला

कंचनपुरको दोधराचादनी  झोलुङ्गे पुलको गेटमा  लगाइयो ताला

कंचनपुर : विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को रोकथाम र न्यूनीकरण गर्नको लागि देशभर नेपाल सरकारले लकडाउन गरेको छ । तर लकडाउन उल्लंघन गरि आवतजावत गर्ने हरुको भने कमि भएको छैन ।  कोरोना भाइरसको महामारी  फैलिरहेको अवस्थामा    अवैध रुपमा आवतजावत भइरहेको कारण  महाकाली र भीमदत्त नगरपालिका जोड्ने एसियाकै दोस्रो लामो महाकाली नदिमा रहेको दोधाराचादनी झोलुङ्गे पुलको गेटमा ताला लगाइएको छ।  भारतबाट  स्वदेश फर्किने नेपालीहरु स्वस्थ्य परिक्षण नगरी दिनानुदिन भित्रिरहेको पाइएपछी उक्त पुलको दुवै गेटमा ताला लगाइएको छ ।
आइतबार बसेको मन्त्री परिषदको बैठकले पुन ८ दिन लकडाउन थप्ने निर्णय गरेको छ ।  चैत्र २५ गते सम्म देशभर आवतजावत लगायतका क्रियाकलाप सबैमा रोक लगाएको छ । खुल्ला सिमानाकाको कारण भरतका विभिन्न ठाउँ देखि महाकाली नगरपालिका हुँदै स्वदेशी भुमी तर्फ आउने क्रम नरोकिएको कारण कोरोना संक्रमणको उच्च  जोखिम रहेको भन्दै  १८ गते मंगलबार बिहान सशस्त्र प्रहरीले पुलको गेटमा ताला लगाएको हो ।
भारत बाट नेपाल फर्किने नेपालीहरु अवैध रुपमा स्वस्थ्य परिक्षण नगरी फर्किरहेका कारण उक्त कदम चालिएको सशस्त्र प्रहरी बल कंचनपुरले जनाएको छ ।