कैलालीमा आजदेखि लकडाउन थप कडा

कैलालीमा आजदेखि लकडाउन थप कडा

 धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीले आज देखि जिल्लामा लकडाउन लाई थप कडा पारिएको जनाएको छ । लकडाउनको उल्लंघन गर्ने क्रम बढेपछि प्रशासनले कडाई गरेको हो । लक डाउनलाई वेवास्ता गदै सर्वसाधारणहरु सडकमा पैदल तथा सवारी साधन सहित निस्किन थालेपछि लकडाउन लाई कडाई गरिएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।

लकडाउनसंगै कैलालीमा अहिले पनि निषेधाज्ञा यथावत रहेकाल निषेधााज्ञा उल्लंघन गर्नेलाई ६ महिना सम्म कैद सजायको व्यवस्था रहेको बताउँदै अवज्ञा गर्नेलाई कारवाहीको दायरामा ल्याउने उनको भनाई रहेको छ ।

सरकारले जारी गरेको लकडाउन जनताको सुरक्षाको लागि भएको बताउदै जिल्ला प्रहरी कार्यालय कैलालीले लकडाउनको अवज्ञा गरेको पाईए सुरक्षाकर्मीले त्यस्ता व्यक्तिलाई सवारी साधनसहित नियन्त्रणमा लिई कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । यसैबिच जिल्ला प्रशासन कार्यालय कैलालीले दिएका सम्पूर्ण पासहरु समेत खोसेको छ ।