दलित आन्दोलनका अगुवा योद्धा नेता आउजीको निधन

दलित आन्दोलनका अगुवा योद्धा नेता आउजीको निधन

नेपाल सरकार उपेक्षित उत्पीडित र दलित वर्ग उत्थान विकास समितीका पूर्व केन्द्रीय सदस्य,पूर्व वडा अध्यक्ष,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ,कैलालीका सस्थापक, एवं सुदूरपश्चिमको दलित मुक्ति आन्दोलनका अगुवा योद्धा नेता उदयराम आउजीको बुधवार निधन भएको छ । 

विस १९९० साल कार्तिक १७ गते डोटी स्थित साविक बागठाटा गाविस वडा नं ५ मा जन्मेका आउजी दलित समुदायका पुराना नेता र राष्ट्रिय प्रजातन्त्र पार्टीका कैलालीका सस्थापक सदस्य पनि हुन । उनी पहिलो संविधानसभा निर्वाचनको समानुपातिक सासंदको उम्मेदवार पनि हुन । उहाँको धनगढी उपमहनगरपालिका वडा नं ०९ मा बंगरामा आफ्नै निवासमा निधन भएको हो । उहाँको पार्थिव शरिरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका कैलाली जिल्ला अध्यक्ष धन वहादुर चौधरीले पार्टीको झण्डा ओडाएर भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । 

यसैविच राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बमले शोक वक्तव्य जारी गर्दे आफ्नो पार्टीका सस्थापक सदस्य,नेता एवं राष्टिय प्रजातान्त्रिक दलित संघका उपाध्यक्ष उदयराम आउजीको निधनले आफू स्तब्ध भएको जनाएका छन् । उनले विज्ञप्तीमा नेता आउजीको निधनले सिंगो पार्टी पक्ति दलित समुदायलाई अपूरणीय क्षेती भएको जनाउदै मृतक आत्माको चिर शान्तिको कामना गर्दे भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

त्यसैगरी नेपाली काग्रेसका नेता एवं सुदूपश्चिम प्रदेश सांसद टेक वहादुर रैका,ंसंविधानसभा सदस्य हरि श्रीपाईली,धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप वहादुर वड,नेकपा नेता बसन्त वहादुर बागचन्द,नेपाल दलित संघका केन्द्रीय उपाध्यक्ष छत्र वहादुर टेलर,राष्टिय दलित नेटवर्कका केन्द्रीय अध्यक्ष गणेश विक,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष मनिराम देवल, कैलाली अध्यक्ष चक्र विक,मानवअधिकार संरक्षण मंचका अध्यक्ष प्रदेश अध्यक्ष डिल्लीराज जोशी,परियार सेवा समाजका केन्दीय सदस्य हिक्मत दर्जी,चन्द्र्र पशुपति रैका स्मृति प्रतिष्ठानका सचिव राजेन्द्र रैका,सामाजिक विकास तथा जागरण मंच सचिव खेमा विक,दलित जागरण केन्द्रकी अध्यक्ष विन्दा देवल,धनगढी उपमहानगरपालिका वडा नं २ की वडा सदस्य मिना रैका, सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक पशुपति ठाकुरले एक संयुक्त शोक वक्तव्य जारी गर्दे स्व नेता आउजी सुदूरपश्चिमको मानवअधिकार,दलित अधिकार,भूमिअधिकार सामाजिक न्याय,रुपान्तरण र दलित तथा सिमान्तकृत समुदायको हकअधिकार सुनिश्चितताका लागि विगत लामो समय देखि निरन्तर संघर्षशिल योद्धा भएको र उहाँको निधनले सिगो दलित समुदायमा अपूरणीय क्षेती भएको उल्लेख गर्दे भावपूर्ण श्रद्धाञ्जली अपर्ण गरेका छन् । 

विगत लामो समय देखि दलित समुदयको आर्थिक,सामाजिक,शैक्षिक र राजनैतिक हकअधिकारका लागि निरन्तर क्रियाशिल स्व नेता आउजी राष्टिय दलित आयोग,राष्टिय दलित नेटवर्क,चन्द्र पशुपति रैका स्मृति प्रतिष्ठान लगायत विभिन्न्न सरकारी एवं गैरसरकारी निकायहरुवाट समेत सम्मानित भएका थिए ।