कुमारी बैंकले कोभिड - १९ नियन्त्रणका लागि शुदुरपश्चिम प्रदेशलाई  आर्थिक सहयोग

कुमारी बैंकले कोभिड - १९ नियन्त्रणका लागि शुदुरपश्चिम प्रदेशलाई  आर्थिक सहयोग

कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा कुमारी बैंक लिमिटेडले  संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सहयोग गरेको छ ।

शुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष बैंकको शुदुरपश्चिम प्रदेश प्रमुख दीपक खनालले बिहिवार १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे। कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु झपट बोहरा   र कृष्ण प्रसाद सुवेदी र बैंकका कर्मचारी खगेन्द्र कुमार साउद, खडक रोकाया, नारायण दत्त भणडारीको पनि उपस्थिति रहेको थियो ।

बैंकले कोभिड-१९ नियन्त्रणका लागि सरकारले स्थापना गरेको  राहत कोषमा जम्मा हुने गरि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले प्रत्येक प्रदेशलाई १०र१० लाखका दरले हुन आउने ७० लाख रकम आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको थियो ।

कोरोना भाइरसको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्था लगायतका लागी यो रकम दिएको बैंकले जनाएको छ। लकडाउनमा पनि बैंकले एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरू दिएको जनाएको छ।