विपन्न परिवारका लागी हिमशिखर सहकारीले दियो राहत

विपन्न परिवारका लागी हिमशिखर सहकारीले दियो राहत

धनगढी ।  धनगढीमा रहेको हिमशिखर बहुउदेश्यीय सहकारी संस्थाले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारका लागी भन्दै खाद्यान्न तथा राहतका सामाग्री हस्तान्तरण गरेको छ ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर ओडलाई सहकारीका पदाधिकारी तथा कर्मचारीको उपस्थितीमा राहतका समाग्री हस्तान्तरण गरिएको हो ।  

६३ औँ सहकारी दिवसको अवसर पारेर आज राहत सामाग्री हस्तान्तरण गरिएको सहकारी संस्थाका सचिव विमल जोशीले बताउनुभयो ।

संस्थाले ५ सय किलो चामल तथा ५० लिटर खाने तेल उपमहानगरपालिकाका प्रमुख ओडलाई हस्तान्तरण गरिएको सचिव जोशीले जानकारी दिनुभयो ।

राहत हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष रोशन सिंह, सचिव विमल जोशी, कोषाध्यक्ष लक्ष्मी भट्ट, प्रबन्धक महेन्द्र शाही लगायतको सहभागीता रहेको थियो ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको त्रास तथा नियन्त्रणका लागी देशभर सरकारले आवह्वान गरेको लकडाउनका कारण विपन्न परिवारलाई दैनिक जिविकोपार्जनका लागी निकै कठिन हुदै आएको छ ।