कंचनपुरमा दैनिक दुई घन्टा बैंकहरु खोल्न जिल्ला प्रशासनले दियो अनुमती

कंचनपुरमा दैनिक दुई घन्टा बैंकहरु खोल्न जिल्ला प्रशासनले दियो अनुमती

कंचनपुर : कंचनपुर जिल्ला प्रशासन कार्यालयले  आइतबारबाट दैनिक दुई घन्टा बैंकहरु खोल्ने अनुमती दिएको छ । बिहिवार प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाको संयोजकत्वमा कोरोना भाइरस (कोभिड-१९)  संक्रमण रोकथाम तथा नियन्त्रण  जिल्ला स्तरीय समन्वय समितीको  बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दिनको दुई घन्टा बैंक खोल्ने निर्णय गरिएको छ । उक्त बैठकमा अन्य निर्णयहरु समेत गरिएका छ्न ।  उक्त बैठकमा डायलसिस गर्नु पर्ने बिरामीको लागि सवारी पास नचाहिने , गहुबाली भित्र्याउनका लागि  भिडभाड नहुने गरि स्थानिय तह र सुरक्षा निकायसंग  आवस्यक समन्वय गरि गहु काट्न र थ्रेसर चलाउन पाउने , कुखुराको दाना ढुवानीको रातिको ८ बजे पछि गर्न दिने जस्ता निर्णयहरु गरिएका छ्न  । साथै कंचनपुरमा  प्रमुख प्रशासकिय अधिकृतको रोहवरमा निरीक्षण गरि क्वारेन्टाइनहरु संचालनमा ल्याउने र  स्थानिय तह हरुमा दैनिक उपभोग्य बस्तुहरुको आपूर्ति सहज गर्न संचालित घुम्ती पसल सेवालाइ थप सुदृढ र व्यवस्थित गर्ने जस्ता निर्णयहरु भएका छन । कोरोना रोकथाम तथा नियन्त्रणका लागि देशभर लागू भएको लकडाउनको उल्लंघन गर्दा नियन्त्रणमा लिइएकाहरुको हकमा भने हाल माहाकाली नगरपालिकाको तोकिएको ठाउँ र भिमदत्त नगरपालिकास्थित बैजनाथ माध्यमिक विद्यालयमा राखी उनिहरुको भरणपोषणको लागि आवस्यक रकम प्रारम्भिक चरणमा भिमदत्त नगरपालिका र माहाकाली नगरपालिकाले गर्ने समेत निर्णयहरु भएको  सुचना जिल्ला प्रशासनले सार्वजनिक गरेको छ ।  कंचनपुरमा चैत ९  गतेबाट लकडाउन भइ  अत्यावश्यक सेवासुबिधा बाहेकका  सम्पुर्ण सेवाहरु बन्द रहेका छ्न भने देशभर  १० गतेबाट  लकडाउन लागू भएको हो ।