नेविसंघ,क्षेत्र नम्बर ५ कैलाली द्वारा प्रहरीलाई स्वास्थ्य सामाग्री बितरण

नेविसंघ,क्षेत्र नम्बर ५ कैलाली द्वारा प्रहरीलाई स्वास्थ्य सामाग्री बितरण

धनगढी । नेपाल बिद्यार्थी संघ, क्षेत्र नम्बर ५ क्षेत्रिय समितिले प्रहरीलाई स्वास्थ्य सामाग्री बितरण गरेको छ । संघको क्षेत्रिय समितीले आज वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरिक्षक हेमराज भट्टलाई स्वास्थ्य सामग्री सहित खाजा सेट हस्तान्तरण गरेको हो ।

कोरोना भाईरसका देशभर लडकडाउन भएपछि दिनरात जनताको सेवामा खटिरहने प्रहरी सबै भन्दा बढी असुरक्षित भएको भन्दै स्वास्थ्य सामग्री र खाज सेट बितरण गरेको नेपाल बिद्यार्थी संघ कैलाली क्षेत्र नम्बर ५ का सभापति गजेन्द्र विक्रम शाहीले जानकारी दिनुभएको छ । 

संघले ८० सेट खाजा, पानी, जुस, मास्क, पञ्जा सामाग्री वडा प्रहरी कार्यालय धनगढीलाई सहयोग गरेको संघका क्षेत्र नम्बर ५ का सचिव देवेन जोशीले बताउनुभयो ।