सुदूरपश्चिमका क्टारेन्टाईनबाट सेनाले नमूना संकलन गर्दै, ९२ जनाको स्वाब पठाईयो

सुदूरपश्चिमका क्टारेन्टाईनबाट सेनाले नमूना संकलन गर्दै, ९२ जनाको स्वाब पठाईयो

धनगढी : सुदूरपश्चिम प्रदेशका विभिन्न क्वारेन्टाईनमा राखिएकाहरुको नमूना संकलन नेपाली सेनाले गर्न थालेको छ। सेनाको काठमाडौँबाट आएको स्वास्थ्यकर्मीको टोलीले भारत लगायतका देशबाट आएर सुदूरपश्चिमका क्वारेन्टाईनमा बसेकाहरुको नमूना संकलन गर्न थालेको हो।

कैलाली र कञ्चनपुरका क्वारेन्टाईनमा बसेका ९२ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि स्काई ट्रकमार्फत् काठमाडौँ पठाईएको भवानी दल गण तेघरीका गणपति विकास केसीले बताए। 

कैलालीबाट संकलित ६९ र कञ्चनपुरबाट २३ जनाको थ्रोट स्वाबको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं पठाईएको गणपति केसीले बताए। उनीहरुको परीक्षण रिपोर्ट आईसकेपछि सोही अनुसार थप व्यक्तिको पनि स्वाब संकलन हुने उनले बताए।