लकडाउनका कारण डडेल्धुरामा रगत अभाव

लकडाउनका कारण डडेल्धुरामा रगत अभाव

डडेल्धुरा : कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम कम गर्न भन्दै सरकारले जारी गरेको लकडाउनका कारण डडेल्धुरामा रगत अभाव भएको छ ।

लकडाउनका कारण रक्तदान अभियान सञ्चालन नहुँदा रगत अभावको अवस्था सिर्जना भएको रेडक्रस सोसाइटी डडेल्धुराका ब्लड बैंकले जनाएको छ ।

हालसम्म करिब ८ पिन्ट रगत मात्र मौज्दात रहेको रेडक्रस सोसाइटी डडेल्धुराका ब्लड बैंक इन्चार्ज गणेश ऐरले जानकारी दिए ।

पहिले सङ्कलित रगत सकिने अवस्थामा रहेको र अहिले रक्तदान हुन छाडेपछि रगत अभाव हुन थालेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुराका मन्त्री डम्बर भण्डारीले बताए ।

रेडक्रस सोसाइटीले रगत अभावको समस्या समाधान गर्न दाताहरुलाई रक्तदान गर्न आह्वान समेत गरेको छ । यसरी रगत दान गर्न चाहने दाताहरुले ब्लड बैंकमा सम्पर्क राखेर त्यहिँ गएर रक्त दान गर्ने सक्ने छन् ।