आईसियुमा उपचार गराईरहेका भारतीय युवकको धनगढीमा मृत्यु

आईसियुमा उपचार गराईरहेका  भारतीय युवकको धनगढीमा मृत्यु

धनगढी : आईसियुमा राखेर उपचार गराईरहेका भारतीय नागरिकको धनगढीमा मृत्यु भएको छ । धनगढीको माया मेट्रो अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेका २४ वर्षीय भारतीय युवकको आज बिहान मृत्यु भएको हो ।

माया मेट्रो अस्पतालले कञ्चनपुरकोे झलारीमा रहेको आरसिटी एग्रो मेसिनरी कम्पनीमा काम गर्दै आएका ती भारतीयको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेको छ ।

यसैबिच मृतकमा थ्रोट स्वाब संकलन गरी परिक्षण गरिने माया मेट्रो अस्पतालले जनाएको छ । उनको नमुना संकलन गरेर सेती प्रादेशिक अस्पताल पठाइएको प्रादेशिक प्रयोगशालाकि निमित्त प्रमुख अस्मिता सपकोटाले बताइन् ।