धनगढी जेसिजद्धारा राहत सामग्री सहयोग

धनगढी जेसिजद्धारा राहत सामग्री सहयोग

धनगढी : धनगढी जेसिजले कोरोना संक्रमणको रोकथाम एवं लकडाउनबाट प्रभावित गरीव तथा मजदुरहरुको राहतका लागि करीव तीन लाख रुपैया बराबरको खाद्य सामग्री सहयोग गरेको छ ।

धनगढी जेसिजले आज धनगढी उपमहानगरपालिकालाई एक सय ५० बोरा चामल, ६ सय १० किलो दाल, ५२ बोरा सोयावीन, दुई बोरा चिउरा, दुई बोरा भुजा, ३४ कार्टुन तेल प्रदान गरेको हो ।

धनगढी जेसिजका अध्यक्ष श्याम पाठकले सहितको टोलीले आज ती सामग्रीहरु धनगढी उपमहानरपालिकाका मेयर नृप बहादुर वडलाई हस्तान्तरण गरे ।

धनगढी जेसिजका अध्यक्ष पाठकले लकडाउनका कारण अप्ठ्यारोमा परेका गरीव र दुई छाक टार्न समस्या भएका मजदूरहरुको राहतका लागि संस्थाका तर्फबाट सहयोग गरिएको बताए ।उपमहानरपालिकाका मेयर वडले संकटको घडीमा सहयोग गरेकोमा धनगढी जेसिजलाई धन्यवाद दिए ।

राहत सामग्री खरीदका लागि धनगढी जेसीजका उपाध्यक्ष मनिष कुवँरको  संयोजकत्वमा थालिएको आर्थिक सहयोग संकलन अभियानमा हाल अमेरिकामा बसोवास गर्ने धनगढी जेसीजका पूर्व सदस्य  रोहित भट्टले १ लाख १७ हजार रुपैया सहयोग गरेका थिए ।