मजदूरका लागि सुदूरपश्‍चिम यातायातद्धारा खाद्यान्‍न सहयोग

मजदूरका लागि सुदूरपश्‍चिम यातायातद्धारा खाद्यान्‍न सहयोग

धनगढी  : सुन्दर सुदूरपश्चिम यातायात प्रालिले लकडाउनका कारण छाक टार्न समस्यामा परेका मजदूरका लागि खाद्यान्न सामग्री सहयोग गरेको छ।

प्रालिका अध्यक्ष पदमराज सापकोटाले नगरस्तरीय विपद् व्यवस्थापन समितिलाई २० कट्टा चामल, पाँच पेटी खानेतेल, दुई बोरा नुन र ५० केजी दाल हस्तान्तरण गरेका हुन्।  

लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जोहो गर्ने व्यक्तिका लागि केही सहज होस् भनेर खाद्यान्न सहयोग गरिएको सापकोटाले बताए।

धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले उक्त खाद्यान्न सामग्री न्यून आय भएका व्यक्तिलाई वितरण गरिने जानकारी दिए।