गण्डकी विकास बैंकद्धारा सुदूरपश्चिम सरकारको राहत कोषमा ४ लाख सहयोग

गण्डकी विकास बैंकद्धारा सुदूरपश्चिम सरकारको राहत कोषमा ४ लाख सहयोग

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरसको जोखिम नियन्त्रण, रोकथाम तथा व्यवस्थापन कोषमा गण्डकी विकास बैंकले ४ लाख सहयोग गरेको छ ।

शुक्रबार गण्डकी विकास बैंक धनगढीले ४ लाख सहयोग गरेको हो । सहयोग रकमको चेक बंैकका प्रमुख योगेन्द्र अवस्थीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरेको मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव शिव ओलीले जानकारी दिएका छन ।