कैलालीमा जवरजस्ती करणीको आरोपमा एक युवक पक्राउ

कैलालीमा जवरजस्ती करणीको आरोपमा एक युवक पक्राउ

धनगढी : कैलालीको घोडाघोडी नगरपालिकामा जवरजस्ती करणीको आरोपमा एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका ९ का २४ बर्षीय भुवन रावत रहेका छन् ।

बिहिबार राति करिव १ बजे सोहि ठाँउकी २१ बर्षिय एक युवतीको कोठामा गएर जवरजस्ती करणीको प्रयास गरेको आरोपमा युवक लाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिए ।

युवतीको स्वास्थ्य परिक्षणका लागि धनगढी पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।