धनगढीमा भोलीदेखि तीन घण्टा मात्रै खाद्य पसलहरु सञ्चालन गर्न पाईने, ''लकडाउन'' थप कडा

धनगढीमा भोलीदेखि तीन घण्टा मात्रै खाद्य पसलहरु सञ्चालन गर्न पाईने, ''लकडाउन'' थप कडा

धनगढी : शनिबारदेखि धनगढीमा तीन घण्टा मात्रै खाद्य पसलहरु सञ्चालन गर्न पाईने भएको छ । सरोकारवालाहरुको बैठकले लकडाउन अवधिमा बिहान तीन घण्टाका लागि खाद्य पसल सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

भोलीदेखि लागु हुने गरी खाद्यान्न, तरकारी र दुग्धजन्य व्यवसायका पसल बिहान ६ बजे देखि ९ बजे सम्म मात्रै संचालन गर्न दिने र ग्राहकहरुसंग सामाजिक दुरी ३ फिट कायम गर्न अनुरोध गर्ने निर्णय भएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरद्धारा हस्ताक्षेरित विज्ञप्तिमा भनिएको छ ।

यस्तै आज बसेको बैठकले मोटरसाईकल सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने समेत निर्णय भएको धनगढी उप–महानगरपालिकाले जनाएको छ । दैनिक उपभोग्य सामाग्रीहरुको होमडेलीभरी गर्न चाहने ब्यावसायीहरुलाई भने स्थानीय सरकारले अनुमती दिएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयले आजबाट लकडाउन थप कडा बनाउने जनाएको थियो ।