धनगढीमा मृत्यु भएका भारतीयको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ

धनगढीमा मृत्यु भएका भारतीयको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ

धनगढी : धनगढीमा आईसियुमा उपचारका क्रममा मृत्यु भएका भारतीय नागरिकको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । यसअघि उनको धनगढी स्थित माया मेट्रो अस्पतालको सघन उपचार कक्षमा उपचार क्रममा २४ वर्षीय भारतीय युवकको आज बिहान मृत्यु भएको थियो ।

आज बिहान मृत्यु भएका युवकमा देखिएका लक्षणहरु कोरोनाको संक्रमणसंग मिलेकोले मृतक युवकको थ्रोट स्वावको  नमूना संकलन गरिएको थियो । मृत्यु भएका ती भारतीय कञ्चनपुरको झलारी स्थित एक कम्पनीमा काम गर्दै थिए ।

ती युवक सहित अन्य दुई जनाको रिपोर्ट पनि नेगेटिभ आएको अस्पतालका प्रयोगशाला प्रमुख रमेश शाहीले जानकारी दिए । फेरी अहिले एकजनाको स्वावको परीक्षण भईरहेको बताईएको छ ।