कंचनपुरमा कोरोना संक्रमणबाट मृत्यु भएको भनी झुटो अफवाह फैलाउने एक युवक पक्राउ

कंचनपुरमा कोरोना संक्रमणबाट मृत्यु भएको भनी झुटो अफवाह फैलाउने एक युवक पक्राउ

 कंचनपुर : विश्वका २ सय भन्दा धेरै देशहरुमा  महामारीको रुपमा  फैलिएको  कोरोना भाइरस (कोभिड – १९)ले सबै त्रसित भइरहेका बेला कंचनपुरमा  गलत अपवाह फैलाउने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । महाकाली प्रादेशिक अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट  एक जनाको मृत्यु भयो भनि  सामाजिक सञ्जालमा लेखि अफवाह  फैलाउने युवक गोपाल सुनार लाई  शुक्रवार  कंचनपुर प्रहरीले पक्राउ गरेको हो ।
उनलाई कोरोना बारे सामाजिक सञ्जालमा झुटो लेखेर पोस्ट गरि नागरिकहरुलाइ  झन त्रसित बनाएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो । 
शुक्रवार बिहान सामाजिक सञ्जालमा ‘महेन्द्रनगरको अञ्चल अस्पतालमा एक जनाको मृत्यु, कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ’ भनेर उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका थिए ।
पक्राउमा परेका सुनार दुई साता अगाडि मात्रै भारतमा मजदुरी गरी घर फर्किएको जनाइएको छ । उनले 
लक डाउनको अवज्ञा गरेकाहरुलाइ  देखेर उनिहरुलाइ  त्रसित बनाउने उदेश्यले सामाजिक सञ्जालमा यस्तो हल्ला फैलाएको बयान  प्रहरीसामु दिएका छ्न ।
सामाजिक सञ्जालमा गलत हल्ला फैलाएर भ्रम सृजना गरि त्रसित बनाएको  भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।  उनलाइ अहिले जिल्ला प्रहरी कार्यालय भित्र राखिएको छ । उनिमाथि थप अनुसन्धान गरि  मुद्दा  चलाइने कंचनपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रबिन्द्र पौडेलले  बताए ।