सुझाव शासकलाई

सुझाव शासकलाई

नहोला कि होला विजय अब ए मनुज हो।
महामारी आयो जगत हलियो त्रसित भयो।
महाशक्ति भन्नेले पलभर सकेन ठिङ्ग उभिन
म देख्छु सर्वत्र जगतभर मात्रै त्रास छ किन?

नबन्ला यो राष्ट्र नत मुलुक यसतै गति चले।
नपाउने पक्का भो सकुन तिमीबाट मुलुकले।
न सक्छौ यो माटो बेचिकन तिमी मस्त जिउन
न माताको छाती चिरिकन सुरुप्प रक्त पिउन।

सरापला माटोले यदि तिमी सहेरै बसिदिए
म भन्दै छु हेर्नू पतितहरुको साथ नदिए ।
नहेर्नु त्यो बाटो जुन मुलुकका भ्रष्ट हिड्ने
सधैं हिड्नु रोजी पथ मुलुकलाई समृद्धि दिने।

2076/12/22 – महेन्द्रनगर