कैलाली, कञ्चनपुर र बाग्लुङमा कोरोना भाइरसको र्‍यापिड टेस्ट शुरु

कैलाली, कञ्चनपुर र बाग्लुङमा कोरोना भाइरसको र्‍यापिड टेस्ट शुरु

सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङ जिल्लामा र्‍यापिड डाइग्नोस्टिक किट मार्फत कोरोना भाइरसको परीक्षण शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार क्वारेन्टाइमा रहेका तथा हालसम्म संक्रमण पुष्टि भएका व्यक्तिको समुदायका व्यक्तिको नमूना संकलन गरी र्‍यापिड किट मार्फत परीक्षण गरिने छ ।

सोमबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कैलाली, कञ्चनपुर र बाग्लुङमा क्वारेन्टाइनमा रहेका र कोराना संक्रमित व्यक्तिको छिमेक तथा समूदायमा रहेकाहरुको परीक्षण शुरु गरिएको बताए ।