कविता : मानवता

कविता : मानवता

कोरना भाइरस खतराको घण्टी बज्दैछ यसरी
दैबको लिला भाग्यको खेल टर्दैन क्यै गरि
दैबको लाठी मानव माथी बज्रिन खोज्दैछ
समय अझै सुध्रनोस भनि भनेर भन्दैछ 

मानव धर्म नछोड सबै मानवता भन्दैछ
दया र धर्म पालन गर सन्देश छर्दैछ
ज्ञानको ज्योती फैलाइदेउ अज्ञान हटाउ
दया र धर्म ठूलो हो भनि सबै लाइ बताउ

जनताका सेवक भन्नेहरु हो खै तिम्रो मानवता
संकटको घडी विपतमा ऐले ल देखाउ दानवता
गरीव दुःखीहरुको आ“शु तिमीलाइ लाग्नेछ
तिमी लाई पनि दैबको लाठी को चोट लाग्नेछ

गरी वदुःखी भोकै छन आज बिदेशको भूमीमा
पुग्दैन किन तिनको आवाज त्यो तिम्रो कानमा
कर्तव्य आफनो दायित्व आफ्नो बुझेर हेरन
मिल्ने छ सुख दीनको आ“शु पुछेर हेरन ।।

                         इन्द्रमणी अवस्थी
                        सहायकप्राध्यापक
                                  सुदूरपश्चिमाञ्चलक्याम्पस धनगढी