स्पेनमा कोरोना भाइरसका कारण एकैदिन ७०० जनाको मृत्यु

स्पेनमा कोरोना भाइरसका कारण एकैदिन ७०० जनाको मृत्यु

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ ।स्पेनमा पछिल्लो २४ घण्टामा ७०० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १३ हजार ३४१ पुगेको छ ।

स्पेनमा एकैदिन ५ हजार २९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३६ हजार ६७५ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ४० हजार ४३७ जना उपचारपछि निको भएका छन् । ६ हजार ९३१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये ८२ हजार ८९७ जना उपचाररत छन् ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार २०८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७४ हजार ६३५ पुगेको छ ।

संक्रमितको संख्या विश्वमा १३ लाख ४४ हजार ८५९ पुगेको छ । एकै दिन ७१ हजार ९५८ जनामा संक्रमण देखिएको छ ।

संक्रमितमध्ये २ लाख ७८ हजार बढी उपचारपछि निको भएका छन् । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।