इटालीमा कोरोनाभाइरसले ज्यान गुमाउनेको स‌ंख्या १६ हजार ५ सय नाघ्यो

इटालीमा कोरोनाभाइरसले ज्यान गुमाउनेको स‌ंख्या १६ हजार ५ सय नाघ्यो

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ ।इटालीमा पछिल्लो २४ घण्टामा ६३६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १६ हजार ५२३ पुगेको छ ।

इटालीमा एकैदिन ३ हजार ५९९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३२ हजार ५४७ पुगेको छ । इटालीमा संक्रमितमध्ये २२ हजार ८३७ जना उपचारपछि निको भएका छन् । ३ हजार ८९८ जनाको अवस्था गम्भीर रहेकोे छ । संक्रमितमध्ये ९३ हजार १८७ जना उपचाररत छन् ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार २०८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७४ हजार ६३५ पुगेको छ । संक्रमितको संख्या विश्वमा १३ लाख ४४ हजार ८५९ पुगेको छ । एकै दिन ७१ हजार ९५८ जनामा संक्रमण देखिएको छ ।

संक्रमितमध्ये २ लाख ७८ हजार बढी उपचारपछि निको भएका छन् । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।