फ्रान्समा कोरोनाले एकैदिन ८३३ जनाको मृत्यु

फ्रान्समा कोरोनाले एकैदिन ८३३ जनाको मृत्यु

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ८३३ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ८ हजार ९११ पुगेको छ ।

एकैदिन ५ हजार १७१ जना नयाँ संक्रमित देखिएसँगै संक्रमितिको संख्या ९८ हजार १० पुगेको छ । फ्रान्समा संक्रमितमध्ये १७ हजार २५० जना उपचारपछि निको भएका छन् । ७ हजार ७२ जनाको अवस्था गम्भीर रहेको छ । संक्रमितमध्ये ७१ हजार ८४९ उपचाररत छन् ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार २०८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७४ हजार ६३५ पुगेको छ । संक्रमितको संख्या विश्वमा १३ लाख ४४ हजार ८५९ पुगेको छ । एकै दिन ७१ हजार ९५८ जनामा संक्रमण देखिएको छ ।

संक्रमितमध्ये २ लाख ७८ हजार बढी उपचारपछि निको भएका छन् । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।