जीमेलबाट यसरी पठाउनुहोस् २५ एमबी भन्दा ठूलो साइजको इमेल

जीमेलबाट यसरी पठाउनुहोस् २५ एमबी भन्दा ठूलो साइजको इमेल

गूगलको जीमेल प्राय सबैले प्रयोग गर्नु हुन्छ होला ।  जीमेलबाट इमेल पठाउदा २५ एमबी भन्दा ठुलो साइजको फाइल पठाउन मिल्दैन् ।

यस्तो अबस्थामा तपाईँलाई समस्या भएको हुन सक्छ । आज हामी कसरी २५ एमबी भण्दा ठुलो फाइल जीमेलमा पठाउने भनेर जानकारी दिदैछौँ । 

सुरुमा जीमेलमा जानुहोस । जीमेलमा गइ सकेपछि कम्पोज अथवा प्लस आइकनमा क्लिक गर्नुहोस । कम्पोजमा क्लिक गरेपछि तल गूगल ड्राइभको आइकन देखिने छ ।

गूगल ड्राइभको आइकनमा क्लिक गरेपछि अपलोड भन्ने अप्सनमा क्लिक गर्नुहोस । त्यसपछि पठाउनु पर्ने २५ एमबी भन्दा ठुलो साइजको फाइल  छानेर अपलोड गर्नुहोस । फाइल अपलोड गरेर २५ एमबी भन्दा ठुलो साइजको इमेल पठाउन सक्नु हुनेछ ।