अमेरिकाको न्युयोर्कमा शव व्यवस्थापन गर्न हम्मेहम्मे

अमेरिकाको   न्युयोर्कमा  शव व्यवस्थापन गर्न हम्मेहम्मे

अमेरिकाको न्युयोर्कमा कोरोनाभाइरसबाट मर्नेको संख्या बढ्दै गएपछि मूर्दाघरहरू भरिन थालेका छन् । त्यसैले हार्ट आइल्यान्डमा शवहरू अस्थायी रूपमा गाड्ने व्यवस्था मिलाइँदैछ । 

अमेरिकामा कोरोनाभाइरसको केन्द्रविन्दु बनेको न्युयोर्कलाई अहिले शव व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको छ । 

कब्रिस्तानहरू भरिभराउ भएपछि शहरका एक अधिकारीले सार्वजनिक पार्कमा अस्थायी रूपमा शव गाड्न सकिने बताएका छन् । 

हार्ट आइल्यान्डमा रहेको एउटा खाली पार्कमा लाश गाड्न खोजिएको हो । उक्त ठाउँमा शीतयुद्धकालमा क्षेप्यास्त्रहरू राखिएको थियो अनि गृहयुद्धकालमा त्यहाँ कारागार शिविर थियो । मजदूरहरूले त्यहाँ अहिले सुरुङ खन्न खोजिरहेका छन् ।

हार्ट आइल्यान्डमा सन् १८६१ देखियता सानो भूमिमा १० लाभन्दा बढी मानिसलाई गाडिसकिएको छ । 

स्पेनिस फ्लु महामारी फैलिँदा पाँच लाख अमेरिकीहरू मारिएका थिए र हजारौंलाई हार्ट आइल्यान्डमा गाडिएको थियो । 

म्यानह्याटन परिषद्का एक प्रतिनिधि मार्क लिभाइनले भने, ‘१० वटा ताबुत एउटै पंक्तिमा राख्न मिल्ने गरी सुरुङ खनिनेछ । यो मर्यादित र व्यवस्थित तरिकाले गरिनेछ र अस्थायी बन्दोबस्त हो । तर न्युयोर्कवासीलाई यो कठिन लाग्न सक्छ ।’