वेदकोट नगरपालिकाको विपद व्यवस्थापन कोषलाई कञ्चन डेभलपमेन्ट बैंकको आर्थिक सहयोग

वेदकोट नगरपालिकाको  विपद व्यवस्थापन कोषलाई कञ्चन डेभलपमेन्ट बैंकको आर्थिक सहयोग

कंचनपुर : विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वेदकोट नगरपालिकालाई कञ्चन डेभलपमेन्ट बैंक दैजी शाखाले आर्थिक  सहयोग गरेको छ । वेदकोट नगरपालिकाको  विपद व्यवस्थापन कोषलाई उक्त बैंकले सहयोगार्थ रु.३५ हजार दिएको हो ।
मंगलवार कञ्चन डेभलपमेन्ट बैंक दैजी शाखाका प्रमुख चेतन जोशीले नगर प्रमुख अशोक कुमार चन्दलाई ३५ हजार रूपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन । कोरोना भाइरसको महामारीबाट विश्व नै त्रसित भइरहेको बेला कोरोना भाइरसको संक्रमण रोकथामका लागि उक्त रकम सहयोग स्वरुप हस्तान्तरण गरिएको बैंकका शाखाका प्रमुख जोशीले बताए  ।

नगर प्रमुख चन्दले रु.३५ हजार बराबरको चेक ग्रहण गर्दै  कोरोना भाइरसको संक्रमण विरुद्धको अभियानमा बैंकले गरेको सहयोग प्रति आभार व्यक्त गरेका छ्न। साथै कोरोना भाइरस संक्रमण र रोकथामका लागि आ-आफ्नो क्षेत्रमा सचेत र सतर्क रहि कोरोना संक्रमण तथा रोकथाम अभियानलाइ सफल पार्न  सहयोग   पुुर्याइदिनहुन नगर प्रमुख चन्दले  सबैलाई अनुरोध समेत  गरेका छ्न ।