एनसेल मोबाइलमा ब्यालेन्स सक्यो? यसरी गर्नुस् अनलाइनबाट सजिलै रिचार्ज

एनसेल मोबाइलमा ब्यालेन्स सक्यो? यसरी गर्नुस् अनलाइनबाट सजिलै रिचार्ज

विश्वव्यापी रुपमा महामारी बनेर फैलिरेको कोरोनाभाइरसको विरुद्ध लकडाउनमा बस्दै जुधिरहँदा बजारमा सजिलै रिचार्ज कार्डहरु नपाइन सक्छन् । कहाँ के भईरहेको छ भनेर जान्न तथा बुझ्न हामीलाई दूरसञ्चार सेवा नभई हुन्न ।

एनसेलले ग्राहकलाई सजिलै आफ्नो वेबसाइटमार्फत ब्यालेन्स रिचार्ज गर्न सकिने सुविधा दिँदै आएको बताएको छ। अहिलेको अवस्थामा यो प्रक्रिया मार्फत रिचार्ज गरी आफ्नो सेवाहरु सुचारु राख्न सकिन्छ । यसमा घरबाहिर गएर रिचार्ज कार्ड किन्न पर्ने झन्झट गर्नुपर्दैन,  एनसेलले हाल दिदै आएको बोनस ब्यालेन्सको पनि फाइदा पाइन्छ ।

आजकल प्राय सबैसँग बैंकको डेबिट कार्ड हुन्छ । सोही कार्डको प्रयोग गरी आफ्नो आवश्यकता अनुसार रिचार्ज गर्न वा आफुले चाहेको अन्य कुनै एनसेल नम्बरमा रिचार्ज गरिदिन सकिन्छ । यसरी रिचार्ज गर्नका लागि तपाँईले तल उल्लेखित प्रक्रिया क्रमैसँग अपनाउनु पर्ने कम्पनीले जनाएको छ ।

सबैभन्दा पहिला तपाँई एनसेलको वेबसाइट <https://www.ncell.axiata.com/> मा जानुपर्नेछ । त्यहाँ तपाँईले अनलाइन रिचार्ज गर्नका लागि तल रिचार्ज अनलाइन भन्ने अप्सन पाउनुहुनेछ त्यसमा ट्याप/क्लिक गर्नुपर्ने कम्पनीले जनाएको छ ।