इलाटीमा कोरोना भाइरसले हालसम्म १७ हजार ६६९ जनाको मृत्यु

इलाटीमा कोरोना भाइरसले हालसम्म १७ हजार ६६९ जनाको मृत्यु

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ ।विश्वमा संक्रमितको संख्या सबैभन्दा बढी अमेरिकामा रहेपनि ज्यान गुमाउनेको संख्या भने इटालीमा सबैभन्दा धेरै रहेको छ । बुधबारसम्म इटालीमा ज्यान गुमाउनेको संख्या १७ हजार ६ सय ६९ पुगेको छ ।

इटालीमा एकैदिन ५४२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार ६६९ पुगेको हो । इटालीमा एकैदिन ३ हजार ८३६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३९ हजार ४२२ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये २६ हजार ४९१ जना उपचारपछि निको भएका छन् । ३ हजार ६९३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । ९५ हजार २६२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ८८ हजार ४०३ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १५ लाख १३ हजार २४५ भन्दा बढी छ ।