बेलायती प्रधानमन्त्री जाेनसनकाे स्वास्थ्य सुधार हुँदै

बेलायती प्रधानमन्त्री जाेनसनकाे स्वास्थ्य सुधार हुँदै

बेलायतका अर्थ मन्त्री ऋषि सुनकले प्रधानमन्त्री बोरिस जाेनसनकाे स्वास्थ्यमा सुधार भइरहेकाे बताएका छन् । 

सुनकले भने, 'प्रधानमन्त्री बेडमा बसिरहेका छन् र स्वास्थ्यकर्मीसँग सकारात्मक भएर कुरा गरिरहेका छन् । काेराेना भाइरस (काेभिड १९) बाट सङ्क्रमित भएका प्रधानमन्त्री जाेनसनकाे पछिल्लाे स्वास्थ्य अवस्थाका बारेमा अर्थ मन्त्री सुनकले जानकारी दिएका हुन् । 

अर्थ मन्त्रीका अनुसार पछिल्लाे २४ घण्टामा बेलायतमा एकैदिन ज्यान गुमाउनेकाे सङ्ख्या अहिलेसम्मकै धेरै भएकाे छ । २४ घण्टामा ९ सय ३८ जनाकाे ज्यान गएसँगै बेलायतमा अहिलेसम्म सात हजार ९७ जनाकाे ज्यान गएकाे छ । 

बेलायतमा काेराेना भाइरसबाट ६० हजारभन्दा धेरै सङ्क्रमित भएकाेमा तीमध्ये एक सय ३५ जना उपचारपछि निकाे भएका छन् भने ५३ हजारभन्दा बढीकाे उपचार भइरहेकाे छ ।