हजार रुपैयाँमा बेचिँदै कोरोना भाइरस !

हजार रुपैयाँमा बेचिँदै कोरोना भाइरस !

कोरोना भाइरसको महामारी सारा विश्व भरि नै छ । विश्वका २०९ वटा देशमा कोरोनाको महामारी फैलिसकेको छ । कोरोना भाइरसको प्रकोपलाई लिएर एकतर्फ सारा विश्व हैरान भएको अर्काेतर्फ कोरोनालाई लिएर अचम्मका हर्कत भईरहेका छन् । यो घटना रुसको हो ।

रुसमा मेडिकल जुलरी कम्पनी डा. वोरोबेवले कोरोना भाइरसको आकारका पेन्डेन्ट लञ्च गरेका छन् । कोरोना महामारीको शुरुवातमा नै कम्पनीले यसको अनलाइन बिक्री शुरु गरेको हो ।

त्यसलाई किन्न मानिसहरुको लाइन लागेको छ । उक्त पेन्डेन्ट १६सय रुपैयाँ रहेको छ । उक्त पेन्डेन्ट लञ्च गरे लगत्तै कसैले भने रिस पोख्न थालेका छन् ।

सोसल मिडियामा त्यसको आलोचना हुन शुरु भएको थियो । मानिसहरुले कोरोनाको यो घडीमा कसरी बच्ने भनेर सोच्ने बेलामा पेन्डेन्ट बनाउन थालेको भन्दै यसको आलोचना गरेका हुन् ।

कम्पनीका फाउण्डर पावेल वोरोबेवले यो पेन्डेन्ट कोरोना भाइरस जस्तो महामारीसँग लड्न डाक्टरहरुका लागि जितको प्रतिक भएको बताएका छन् ।

उनले उक्त प्रोजेक्ट कोरोनासँग लडिरहेका डाक्टरहरुको जीत र कोरोना संक्रमितहरुका लागि सहयोग गर्ने रहेको बताएको छ । फाउण्डरको दाबी छ कि, कोरोना ठिक भएका संक्रमितहरुले उक्त पेन्डेन्ट किनेर संक्रमितको उपचार गर्नेवाला डाक्टरहरुलाई उपहार दिइरहेका छन् ।

कम्पनीले अहिलेसम्म १ हजार कोरोना पेन्डेट बेचिसकेको छ । पेन्डेन्ट पछि कम्पनीले ब्रोच बनाउने तयारीमा लागेको छ ।