कोरोनाभाइरसले भारतमा २४९ जनाको मृत्यु, संक्रमित ७ हजार ६ सय बढी

कोरोनाभाइरसले भारतमा २४९ जनाको मृत्यु, संक्रमित ७ हजार ६ सय बढी

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा २२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २४९ पुगेको हो । भारतमा एकैदिन ८७६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७ हजार ६०० पुगेको छ ।

भारतमा संक्रमितमध्ये ७७४ जना उपचारपछि निको भएका छन् । ६ हजार ५७७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

एसियाली मुलुकमा कोरोनाका कारण सबैभन्दा बढी इरानमा ४ हजार २३२ जनाको मृत्यु भएको छ । त्यसैगरी चीनमा ३ हजार ३३६ जनाको मृत्यु भएको छ भने टर्कीमा १ हजार ६ जनाले ज्यान गुमाएका छन् ।

इन्डोनेसियामा ३०६ जनाले ज्यान गुमाउँदा भारतमा २४९ जनाको मृत्यु भएको छ । भारत एसियाली मुलुकमा सबैभन्दा बढी ज्यान गुमाउनेको सूचीको पाँचौ नम्बरमा रहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ । सार्क मुलुकमध्ये  सबैभन्दा बढी भारतमा संक्रमण फैलिएको छ ।