धनगढीमा कोभिड-१९ आरटीपीसीआर मेसिनबाट आजैदेखि परीक्षण गर्ने तयारी

धनगढीमा कोभिड-१९ आरटीपीसीआर मेसिनबाट आजैदेखि परीक्षण गर्ने तयारी

धनगढी : कोरोना भाइरसको नमूना परीक्षणका लागि धनगढीमा पठाइएको उपकरण जडानको काम भइरहेको छ । सम्भवत: आजैदेखि परीक्षण थालिने बताइएको छ ।

संघीय सरकारले कोरोना परीक्षणका लागि पठाएको मेसिन जडानमा ढिलाइ भइरहेका बेला थप सामग्री ल्याएर जडानको काम भएरहेको मोलिकुलर माइक्रोबायोलोजिस्ट सुनिलप्रसाद लेखकले बताए ।

थप सामग्री शनिबार नेपाली सेनाको स्काइ ट्रकमार्फत धनगढी ल्याइएपछि जडानको काम भइरहेको उनले जानकारी दिए । 

मोलिकुलर माइक्रोबायोलोजिस्ट लेखकले पनि जडानको काम सकेर आजदेखि परिक्षणको काम थालिने बताए। यसअघि प्रदेश सरकारले प्रयोगशालाको उपकरण जडानका लागि आवश्यक पर्ने थप सामग्री खरिद गर्न नसक्दा जडान रोकिएको थियो।