प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित एक्सन रुमबाट शनिबार प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स गरेका हुन् ।
ओलीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग कुराकानी गरेका हुन् ।
अहिले प्रधानमन्त्री ओली सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टसँग कुरा गरिरहेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) र यसको रोकथाम र नियन्त्रणमा भइरहेका प्रयासको विषयमा छलफल भएको हो ।
तीन घण्टाअघि सुरु भएको छलफल अहिलेसम्म जारी छ। कन्फरेन्समा सबै मुख्यमन्त्रीले प्रदेशमा भए गरिएका प्रयाशको बारेमा जानकारी गराएका छन्।