धनगढीका कोरोना संक्रमित युवकको तेस्रो रिपोर्ट पनि ‘पोजेटिभ’

धनगढीका कोरोना संक्रमित युवकको तेस्रो रिपोर्ट पनि ‘पोजेटिभ’

धनगढी : धनगढीस्थित् सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित धनगढी उपमहानगरपालिका-५ का ३४ वर्षीय युवकको तेश्रो रिपोर्ट पनि पोजिटिभ आएको छ।

योसँगै उनको अस्पताल बसाई लम्बिने देखिएको छ। १४ चैतमा कोभिड-१९ पुष्टि भएकोमा यसअघि दोस्रोपटक गरिएको परीक्षणमा पनि रिपोर्ट पोजिटिभ आएको थियो।

दुबईबाट दिल्ली हुँदै आएका उनी ११ चैतमा अस्पताल भर्ना भएका थिए। काठमाडौंबाट नेपालगञ्ज र त्यहाँबाट स्थलमार्ग हुँदै धनगढी पुगेका थिए।

सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले कोरोना संक्रमित अन्य दुई जनाको समेत रिपोर्ट पोजिटिभ आएको बताए।

उनले धनगढीकी ३४ वर्षीया महिला र कञ्चनपुरका ४१ बर्षीय संक्रमितको पनि पोजिटिभ नै रिपाेर्ट आएको बताए। कैलालीको लम्कीका संक्रमित २१  वर्षीय युवकको दोस्रो रिपोर्ट भने आउन बाँकी रहेको डाक्टर जोशीले बताए।